Thaha

Saturday 21 September - 4:17 pm NST

विश्व लिग खेल्ने प्रारम्भिक  खेलाडी छनौट

काठमाडौं, २ कात्तिक । नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियनसीप खेल्ने प्रारम्भिक २० सदस्यीय टोली छनौट गरेको छ । अर्को महिना युइएमा, पपुवा न्युगिनी विरुद्ध हुने खेलका लागि सुपर लिगमा गरेको प्रदर्शनका आधारमा क्यानले २० जना प्रारम्भिक खेलाडी छनोट गरेको हो ।

२० खेलाडीबाट १४ सदस्यीय टीम र चार बैकल्पिक खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनौटमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, राजेश पुलामी, पृथु बाँस्केटा, सागर पुन, करण केसी, मेहबुब आलम, महेश क्षेत्री, अनिल मण्डल, नरेश बुढायर छन । त्यस्तै प्रारम्भीक टोलीमा नयाँ अनुहारका रुपमा सन्दिप लामिछाने, इर्शाद अहमद, विक्रम सोब,  दिलीपनाथ र यज्ञमान कुमाल छन् ।

विनोद भण्डारी, प्रदीप ऐरी, भूवन कार्की र सिद्धान्त लोहनी प्रारम्भीक टीममा अटाएका छैनन् । युइएमा नेपालले पाकिस्तान र  ओमानसँग एक दिवसीय, हङकङसँग दुई दिवसीय खेल पनि खेल्नेछ । त्यसपछि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत पपुवा न्यूगिनीसँग दुई खेल खेल्नेछ ।